पोलिमर नोटमा यसरी चोखिए आरोपित - Everything 4 You

Breaking

Recent Posts

Post Top Ad

Post Top Ad

Tuesday, September 29, 2020

पोलिमर नोटमा यसरी चोखिए आरोपित

 विशेष अदालतले पोलिमर नोट प्रकरणमा पारस्परिक कानुनी सहायताको सम्झौता भए पनि त्यसअनुसार सूचना र प्रमाण संकलन नगरिएको भन्ने आधार देखाएर आरोपितलाई सफाइ दिएको पाइएको छ । ‘आरोप पुष्टि हुने गरी प्रमाण संकलन हुन नसकेको’ भनी फैसलाको पूर्णपाठमा व्याख्या गरिएको छ ।






अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० रुपैयाँको पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सबै आरोपितले सफाइ पाउने भनी विशेष अदालतले गत असार ३० गते गरेको फैसलाको पूर्णपाठ केही दिनअघि तयार भएको हो । २०७५ पुस ५ मा दायर मुद्दामा राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मेफ्लावर लिमिटेडका नेपाल एजेन्ट हिमालयबहादुर पाण्डेविरुद्ध समेत ९१ लाख ९ हजार ८८९ रुपैयाँ बिगो मागदाबी गरिएको थियो । ‘मुद्दाको साथमा रहेका इमेल पत्राचारहरू पारस्परिक कानुनी सहायतासम्बन्धी कानुनी व्यवस्थाअनुरूप प्राप्त भएको देखिँदैन,’ विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यहरू बालेन्द्र रूपाखेती र शान्तिसिंह थापाको इजलासले तयार पारेको पूर्णपाठमा भनिएको छ, ‘आरोप पुष्टि हुन सक्नेसम्मको व्यक्ति बुझ्ने, तथ्य संकलन गर्नेलगायतका काम हुन सकेको देखिएन ।’
राष्ट्र बैंकले आर्थिक वर्ष २०५८/५९ मा १० रुपैयाँको पोलिमर नोटसहित अन्य नोट छाप्ने जिम्मा अस्ट्रेलियाको नोट प्रिन्टिङ अस्ट्रेलिया लिमिटेडलाई दिएको थियो । उक्त नोट सहजै च्यातिने, पट्याउने क्रममा खुइलिनेलगायतका समस्या देखिएपछि गुणस्तरमाथि प्रश्न उठेको थियो । कागजको नोटको तुलनामा टिकाउ हुने भनिएको नोट झनै छिटो फाट्ने समस्या देखिएको थियो । राष्ट्र बैंकले अस्ट्रेलियामा १० रुपैयाँका ५ करोड थान पोलिमर नोट छापेको थियो । बोलपत्र प्रकाशित हुनुपूर्व नै राष्ट्र बैंकले नोट प्रिन्टिङ अस्ट्रेलियासँग मस्यौदा लिने, सञ्चालक समितिको निर्णय चुहाउने गरेको आरोप थियो । त्यसैगरी जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अस्ट्रेलियालाई हस्तान्तरण गर्न लगाएको भन्दै अख्तियारले त्यसक्रममा राष्ट्र बैंक र नोट प्रिन्टिङ अस्ट्रेलिया तथा त्यसका प्रतिनिधिबीच निरन्तर पत्राचार भएको समेत दाबी गरेको थियो ।
कसरी सफाइ ?
विशेष अदालतले नेपाल र अस्ट्रेलियाबीच पारस्परिक कानुनी सहायता सन्धि भए पनि त्यसअनुसार प्रमाण र सूचना आदानप्रदान नभएको भन्ने आधार मानेको देखिन्छ । पारस्परिक कानुनी सहायता ऐन २०७० चैत १२ देखि प्रचलनमा छ । त्यसअनुसार, कुनै खास न्यायिक कामकारबाहीका लागि कुनै विदेशी राज्यले कानुनी सहायताको अनुरोध गरे पारस्परिकताका आधारमा कानुनी सहायता प्रदान गर्न सकिने व्यवस्था छ । विशेष अदालतले भने त्यसअघि नै अख्तियारले सूचना र प्रमाण ग्रहण गरेको जनाउँदै त्यसको कानुनी वैधतामाथि प्रश्न उठाएको छ । अस्ट्रेलियन फेडरल पुलिस (एएफपी) बाट प्राप्त विवरणहरू २०७० असोज १७ मा पठाएको भनी फैसलाको पूर्णपाठमा उल्लेख छ । फैसलामा भनिएको छ, ‘कानुनअनुसार प्रक्रियाअनुरूप नभएको काम सधैं विवादित हुन सक्छ र सम्बन्धित पक्षले स्वीकार नगर्न सक्छ । तसर्थ अस्ट्रेलियाबाट प्राप्त प्रतिवेदन र त्यसका साथ पेस गरिएको इमेल, फ्याक्सलगायतको विषयलाई कानुनबमोजिमको प्रक्रियाअनुरूप रहेको मान्न मिल्ने देखिएन ।’
उक्त प्रकरणमा तीन नेपाली कम्पनीहरू मेलखोर प्रालि, ग्लोबल ग्रुप प्रालि र सुपर थ्री स्टार प्रालिसमेत संलग्न देखिएको भन्दै अस्ट्रेलियाले विवरण माग गरेको थियो । नोटको गुणस्तरमा प्रश्न उठेपछि अस्ट्रेलियामा समेत भ्रष्टाचार प्रकरणबारे छानबिन भएको थियो । नोट छाप्ने उक्त कम्पनी रिजर्भ बैंक अफ अस्ट्रेलियाअन्तर्गत थियो । त्यतिबेला अस्ट्रेलियाले पनि नेपालबाट केही प्रमाण मागेको थियो । तर नेपालबाट अस्ट्रेलियामा प्रमाण बुझेको नदेखिएको भन्दै विशेष अदालतले ‘पत्रहरू र पत्राचारमा संलग्न पदाधिकारीहरूलाई अनुसन्धानका क्रममा स्वतन्त्र रूपमा परीक्षण गरेको नदेखिएको’ भन्दै आरोप पुष्टि हुन नसक्ने ठहर्‍याएको हो । विशेष अदालतले भनेको छ, ‘पारस्परिक सहायतासम्बन्धी कानुनी प्रक्रियाबिना अस्ट्रेलियन सरकारी पदाधिकारीले सोझै अदुअआका प्रमुख आयुक्त वा अन्य अधिकारीलाई भेटी पेस गरेको प्रतिवेदनलाई नै अन्तिम आधिकारिक र विश्वसनीय प्रमाणका रूपमा स्वीकार्य हुन सक्ने देखिएन ।’
विशेष अदालतले नोट छपाइ ठेक्कामा क्षति आकलन नगरी केवल १० रुपैयाँका हजारको बिटोमा चार अस्ट्रेलियन डलर बढाएकाले ९१ लाख ९ हजार नोक्सानी भएको भन्ने आरोप लगाएको भन्दै त्यत्तिको भरमा कसुर स्थापित नहुने फैसला गरेको हो । निर्णयमा संलग्न सबैलाई मुद्दा नचलाइएको र इमेलमा पत्राचार भएका आधारमा भ्रष्टाचारको आरोप लगाउन नहुने भन्दै विशेषले कसुर स्थापित गर्ने अरू प्रमाण खोज्न अख्तियार चुकेको टिप्पणी गरेको छ । फैसलामा भनिएको छ, ‘के कस्तो नोट छाप्ने भन्ने विषय नेपाल राष्ट्र बैंकको विषय भएको र सरकारको निर्णयसमेत रहेको सन्दर्भमा (आरोपको) औचित्य देखिएन ।’ विशेषले नोट छपाइबाट लाभ लिएको भनिएको नोट प्रिन्टिङ अस्ट्रेलियाको कुनै पदाधिकारीलाई मुद्दा चलाएको र सजाय मागदाबी नलिएको भन्दै व्यक्ति छानेर मुद्दा चलाउनु यथार्थपरक नहुने भनी व्याख्या गरेको छ ।

 

by ekantipur

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here